• २०८३ असार ११
  • 2026 June 25, Thursday

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको र चीन भ्रमणमा पनि नेपाल र चीनबीचको सम्बन्ध र सहयोग सम्बन्धी महत्वपूर्ण छलफल भएको बताईन् । उनले भनिन्, ‘प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ ।

चीन भ्रमणको क्रममा चीनसँग व्यापार लगानी, अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशा तर्फ दुई पक्षिय सम्बन्ध राम्रो हुनु पर्ने कुरा भएको र नेपाल र चीनको सम्बन्ध थप उचाईमा लैजानको लागि भावि कार्य दिशा समावेश गरिएको छ ।’यसको साथै, उनले प्यालेस्टाइनको पक्षमा भएको एउटा स्पेशल बैठकमा भाग लिँदै विपिन जोशीको रिहाईको लागि पहल गरेको पनि बताईन् ।उनले भनिन्, ‘प्यालेस्टाइनको पक्षमा त्यहाँ भएको युद्ध सम्बन्धी एउटा स्पेशल बैठक भएको थियो । त्यसमा पनि मैले भाग लिएको थिए, त्यो बेला मैले विपिन जोशीको रिहाईको लागि पहल गरेको थिए ।’