विपत्तका घटनाहरुप्रति जिम्मेवार निकायको गम्भीरतापूर्वक ध्यान जानुपर्छ : मन्त्री लेखी

काठमाडौ । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले विपत्तका घटनाहरु प्रति जिम्मेवार रहेका निकायहरुको गम्भीरतापूर्वक ध्यान जानु पर्नेमा कमी देखिएको बताएका छन् ।

२७ औं भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा जनकपुरधाममा निकालिएको प्रभातफेरी कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले सुरक्षाको प्रश्नमा सरकारका सम्बन्धित सम्पूर्ण निकायहरुको गम्भीरतापूर्वक ध्यान जानुपर्नेमा कमी देखिएको बताएका हुन् ।उनले प्रभावतफेरि कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीको उपस्थित न्यून देखिएकोले आफू निराश भएको भावना व्यक्त गरे । उनले सुरक्षाको विषयमा आयोजित कार्यक्रम र घटनालाई समय दिन नसके समाज, प्रदेश र देशप्रति न्याय नहुने बताए ।

प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बजेट र समय खर्च गरेतापनि सहभागीहरुको कमी हुने गरेकामा निराशा व्यक्त गरे ।गृहमन्त्री लेखीले सञ्चारमाध्यमहरुलाई पनि राजनितिक कार्यक्रमबाहेक सुरक्षा र सामाजिक घटनाहरुको समाचार सम्प्रेशनमा ध्यान दिन अनुरोध गरे ।प्रभावतफेरी कार्यक्रममा धनुषा प्रहरी, प्रदेश प्रहरी, सशस्त्र प्रहरी बल,जनकपुर धामउपमहानगरपालिका, जिल्ला समन्वय समिति धनुषा, लगायत अन्य सम्बन्धित निकायका पदाधिकारीको उपस्थित रहेको थियो ।विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१