• २०८३ साउन १
  • 2026 July 17, Friday

अध्यादेशको आलोचना गर्न मिल्छ तर विरोध गर्न मिल्दैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले विकासको मोडलहरुको परिवर्तन गर्न आवश्यक महशुस भएकाले सरकारले अध्यादेश ल्याएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपालमा सार्वजनिक सेवा प्रसारण नीति कार्यक्रममा बोल्दै उनले एउटा नागरिकले अधिकार पाउन २० वर्ष कुर्नपर्ने, एउटा विधेयक बनाउन ६ वर्ष पनि लाग्ने जस्तो समस्याको अन्त्यको लागि पनि अध्यादेश ल्याउन जरुरी रहेको बताए । साथै उनले अध्यादेशको आलोचना गरेपनि विरोध गर्न चाँही नमिल्ने धारणा राखे ।उनले भने,‘एउटा नागरिकले अधिकार पाउन २० वर्ष कुर्न परेको छ।

विधि विधान अनुसार नै जाने हो भने एउटा विधेयक बनाउन ६ वर्ष पनि लागेको छ । दुई वटा ठूला दल मिलेर जसरी पनि पास गर्नुपयो । बहुमत पुग्छ । फास्ट ट्रयाकमा जाने हो भने पनि त पाँचछ महिना त लाग्ने भयो नि । हामीलाई त आजकै दिनमा चाहियो । विकासको मोडलहरुलाई हटाउनुपर्छ भनेर महशुस गर्यौं । र त्यो आजै गर्नुपर्यो नि त । किनकी त्यो संवैधानिक अधिकार पनि हो । आलोचना गर्न पाइयो तर यस्तो कुरामा विरोध गर्ने होइन ।’त्यस्तै उनले जसले खोलिदिएको हो उसैको मात्र सेवा गर्ने प्रवृत्तिले आज मिडियाहरुको विरोध हुने गरेको बताए । सबै मिडियाहरुलाई सरकार, पार्टीको मात्र नभई आम जनताको बनाउन मन्त्रालय लागिपर्ने पनि उनले बताए ।