वैदेशिक रोजगारी : व्यक्तिगत माध्यमबाट जानेको संख्या बढ्यो

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए ।

गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो ।गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रुपमा विदेशिनेको संख्या भने बढेको देखिएको छ ।व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो ।

व्यक्तिगत रुपमा जानेको संख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ ।विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ । पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रुपमा जानेको संख्या २ लाख ५ हजार ९४५ रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१