
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन् ।
आइतबार प्रहरीले हुम्लाका ३२ वर्षिय महानन्द जैसीलाई टोखाबाट नियन्त्रणमा लिएको छ । माघ ५ गते दिउँसो काठमाडौ जिल्ला अदालत अगाडि अदालतबाट बाहिर निस्कँदै गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताले कुटपिट गरेका थिए ।
सहि दिन एक जनालाई प्रहरीले पक्राउ गरेको थियो भने आज थप एकलाई पक्राउ गरेको हो । नियन्त्रणमा लिएका दुबै जनालाई प्रहरी वृत, सिंहदरबारमा राखि थप अनुसन्धान थालिएको छ । साथै कुटपिटमा संलग्न अरुलाई पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।