२०८२ का लागि आफ्ना कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई आह्वान

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी – २०८१ तथा राष्ट्रिय ललितकला प्रदर्शनी – २०८२ का लागि आफ्ना कलाकृतिहरू बुझाउन देशभरिका ललित कलाकर्मीहरूलाई आह्वान गरेको छ ।

‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उक्त प्रदर्शनी कार्यक्रम गर्न लागेको हो ।आ—आफ्न् प्रदेशमा आयोजना हुने प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई छानिएका कलाकृति मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिका रूपमा समावेश हुने प्राबधान रहेको सूचनामा उल्लेख छ ।सूचनामा भनिए अनुसार कोसी प्रदेश अन्तर्गत वेलबारी प्रज्ञा प्रतिष्ठान, मोरङमा यही माघ १५ गतेसम्म कलाकृति बुझाउनुपर्नेछ ।

यस्तै, मधेस प्रदेशको लागी मैथिली विकास कोष र जनकपुरधाम, धनुषामा १५ माघ गतेसम्म कलाकृति बुझाउनुपर्नेछ । यसैगरी बागमती प्रदेशको लागी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल, काठमाडौंमा यहि माघ १५,फागुन २६ र चैत १ गतेसम्म कलाकृति बुझाउनुपर्नेछ ।गण्डकी प्रदेशको लागी भने गण्डकी प्रज्ञा–प्रतिष्ठान पोखरामा माघ १५ गतेसम्म र लुम्बिनी प्रदेशको लागी नेपाल व्यावसायिक कलाकारसङ्घ, रुपन्देहीमा माघ १५गतेसम्म कलाकृति बुझाउनुपर्नेछ ।यस्तै, कर्णाली प्रदेशको लागी नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, सुर्खेत माघ १५गते सम्म र सुदूरपश्चिमको लागी सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, धनगढीमा १५ माघ सम्म बुझाउनुपर्नेछ ।प्रादेशिक प्रदर्शनीमा समावेश भई छानिएका कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीको लागी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल, काठमाडौंमा २०८२ जेठ १५ देखी २९ गतेसम्म प्रदर्शनी हुनेछ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१