• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा

काठमाडौ । चितवनको भरतपुर सडक क्षेत्रमा एक व्यक्तिलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन्।

भरतपुर महानगरपालिका–११ बसेनी चोकमा प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछी प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर घर्ती निलम्बनमा परेका हुन् ।चितवन प्रहरीले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो ।

सवारी चेकजाँचको क्रममा युवकलाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका युवकलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा देखिएको छ ।तर जिल्ला प्रहरी कार्यालय चितवनले यो घटना पुसको नै भएको पुष्टि गरेको छ । कुटाइखाने व्यक्ति भरतपुरकै स्थानीयबासी रहेको प्रहरीले उल्लेख गरेको छ ।