• २०८३ साउन १
  • 2026 July 17, Friday

डेढ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौ । अवैध लागू औषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा स्थित गैराडाँडाबाट तीन जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुमा गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा बस्ने वर्ष ५१ को ओम बहादुर कामी, सोही ठाउँका वर्ष ३७ को गुन्ज बहादुर वि.क. र वर्ष २६ को कृष्ण वि.क. रहेको जिल्ला प्राह्री कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए।

उनीहरुलाई अबैध लागू औषध गाँजा किनबेच गरिरहेको अवसथामा पक्राउ गरिएको प्रहरीको दाबी छ ।उनीहरुको साथबाट अबिश लागू औषध गाँजा एक किलो चार सय ३६ ग्राम बरामद भएको पनि डिएसपी यादबले बताए ।पक्राउ परेका तीनै जनाविरुद्ध बागलुङ जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुर मुद्दामा पांच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।