• २०८३ साउन १
  • 2026 July 17, Friday

आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ ।जसमध्ये उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ५० औं बैठक विहान साढे ११ बजे बस्दैछ ।

बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुदैछ ।यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आज बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुदैछ ।यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’’ माथि दफावार छलफल हुनेछ ।