• २०८३ साउन १
  • 2026 July 17, Friday

मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

काठमाडौ । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ ।

बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् ।मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले बिरोध जनाएका छन् ।

चार लाख भन्दा बढी बोलिने भाषालाई बिधेयकमा नराखिएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी बिरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए ।विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।