• २०८३ असार १०
  • 2026 June 24, Wednesday

आज प्रचण्डले दाङमा खबरदारी सभा सम्बोधन गर्दै

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाङ पुगेका छन् ।

आज शुक्रबार तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्कने छन् ।