पौष महिनामा ४ हजार बढी अपराधका मुद्दा दर्ता

काठमाडौं । पौष महिनामा मात्र नेपालभर ४ हजार बढी मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरीको विवरण अनुसार पुस महिनामा ४ हजार ३ सय ४५ मुद्दा दर्ता भएको हो । यो मंसिर महिनाभन्दा ३.९२ प्रतिशत बढी हो ।

सातै प्रदेशको मुद्दा दर्ताको विवरण अनुसार काठमाडौ उपत्यकामा सबैभन्दा धेरै अपराधको घटना भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ । काठमाडौं उपत्यकामा १३ सय ६३ अपराधका मुद्दा दर्ता भएका छन् भने कर्णालीमा १५१ मुद्दा दर्ता भएका छन् । त्यस्तै बागमति प्रदेशमा ४२९, गण्डकी प्रदेशमा ३०६, मधेस प्रदेशमा ६५०, कोशी प्रदेशमा ६३० र सुदुरपश्चिम प्रदेशमा २७० मुद्दा दर्ता भएका छन् ।

बैकिङ कसुरमा सबैभन्दा धेरै मुद्दा दर्ता भएको छ । बैकिङ कसुरमा मात्र २६.३८ प्रतिशत मुद्दा परेको हो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१