• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

जुम्लामा आगलागीबाट एक जनाको मृत्यु

काठमाडौ । जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो के कारणले लागेको हो भन्नेबारे हालसम्म एकीन जानकारी प्राप्त भइसकेको छैन।

१३ गते दिउसो करिब दुई बजेतिर लागेको उक्त आगो निभाउने क्रममा ८० वर्षीय स्थानीय भद्द रावलको दुखद निधन भएको सिंजा गाउँपालिकाका पूर्व अध्यक्ष देवलसिंह रावलले जानकारी दिए। आगो स्याउ बगैंचाबाट सुरु भई जंगल सम्म फैलिएको थियो।

आगो नियन्त्रणमा लिनका लागि पूर्व गाउँपालिका अध्यक्ष रावलसहित स्थानीय बासिन्दाले भरमग्दुर प्रयास गरे पनि नियन्त्रण गर्न कठिनाइ भएको जनाइएको छ।सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले आगो नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयसँग समन्वय भई जुम्लाबाट टोली पठाइएको जानकारी दिए। उनले आगो निभाउन सबै स्थानीय बासिन्दालाई सहयोग गर्न अपिल गरेका छन्। अहिले आगो निहिन्त्रण भन्दा बाहिर रहेको छ ।