• २०८३ असार १०
  • 2026 June 24, Wednesday

स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन : गृहमन्त्री लेखक

काठमाडौं । नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ ।

सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष ध्यानार्षण पत्र बुझाएको हो ।उक्त ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले स्वतन्त्र पत्रकारितालाई कसैले पनि अवरोध गर्न नहुने बताए । उनले पत्रकारितालाई व्यवसायीक ढंगले निष्पक्ष र स्वतन्त्रपूर्ण बनाउन सबै निकाय र पत्रकार महासंघले पनि ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘खास गरेर पत्रकारिताको व्यवसायीक स्वतन्त्रता र पत्रकारकामाथि कुनै पनि खालका अवाञ्छित दबावहरु भौतिक खालका, मांसिक खालका अथवा स्वतन्त्र पत्रकारिताई अवरोध गर्ने, खण्डित गर्ने, दबावहरु कसैले गर्नु हुँदैन । पत्रकारितालाई व्यवसायीक ढंगले निष्पक्ष र स्वतन्त्र वातावरण बनाउन.सरकार तयार छ ।’साथै उनले पत्रकारिता लोकतन्त्रको बाहक र संरक्षक समेत भएको बताए । उनले पत्रकारिता लोकतन्त्रको थर्मोमिटर समेत भएकाले नेपालको संविधानले पूर्ण पत्रकारिता स्वतन्त्रतामा ध्यान दिएको बताए ।त्यसैगरी अध्यक्ष शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद दिईन् ।