• २०८३ असार १०
  • 2026 June 24, Wednesday

हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भए त्यो समितिले हेर्नुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनैपनि व्यक्तिलाई हिरासतमा लौजाँदैगर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन् ।

मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् ।उनले भनिन् ,‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नपर्ने हो । तर यो समितिले पनि व्यक्तिलाई हिरासतमा लौजाँदै गर्दा मानव अधिकार हनन भयो की भएन हेर्न जरुरी छ । साथै यो विषय कानून, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ ।

पछिल्लो समय आम नागरिकहरुमाथि जसले प्रश्नगर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ ।’साथै उनले पछिल्लो समय मानव अधिकारको गम्भीर उल्ङ्घनबारे समेत समितिलाई ध्यानाकर्षण गराइन् । उनले तीन वर्ष भन्दा कम सजाय हुने कसुरमा थुन्ने र त्यसपछि मात्र अभियोजन हुने काम हुँदा मानव अधिकारको गम्भिर उल्ङ्घन भएको बताइन्।यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सदस्य शेर बहादुर कुँवरले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन समेत बुझाएका छन् ।