• २०८३ असार १०
  • 2026 June 24, Wednesday

सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रुपले बनेको पुष्टि भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्भोधन गर्र्दै उनले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको बताएका हुन् ।

उनले भने,‘अहिले सरकारमा गएकाहरु कुनै देशको निम्ति सकारात्मक काम गर्ने उद्देश्यले होइन् । उनीहरु भ्रष्टाचारीहरुको रक्षा गर्नका निमित्त संविधानमा भएका प्रगतिशिल तत्वहरुलाई हटाउन र त्यसलाई प्रतिगामी स्वरुप दिने उद्देश्यद्वारा र सामाजिक न्याय कायम गर्न होईन अन्याय कायम गर्ने उद्देश्यद्वारा यो सरकार गठन भएको छ । र सरकारले आफै प्रतिवद्धता गरेको मान्यता विपरीत पनि गठन छ । त्यसैले सरकार,अप्राकृतिक, अलोकतान्त्रि छ र सरकार आफैंमा गलत उद्देश्यले बनेको छ । गएको छ महिनामा सरकारले गरेको क्रियाकलापले त्यो देखाइरहेको पनि छ ।

’अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश पनि बढो अलोकतान्त्रि र निरङकुश तरिकाले ल्याएको आरोप लगाए । अध्यादेश प्रतिगमनतिरको यात्राको पाईलाहरु नै हो भन्ने महशुस भएपछि तत्काल अधिवेशनको आव्हन गरेको उनले जानकारी दिए ।त्यस्तै उनले, विगतको लामो अनुभवबाट निर्मित संविधानमा भएका सकारात्मक परिवर्तनहरु उल्ट्याउने जमर्को भइरहेको उनको भनाइ छ । कहिले पटक–पटक संविधान मिचेर प्रतिनिधि सभा विगठन गर्ने नाममा त कहिले संविधान संशोधनको नाममा यो जनताको अधिकारहर खोस्ने जर्मको भइरहेको उनले बताए ।