
काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर यो गुडबाई नभएर धन्यवाद भएको उल्लेख गरेका छन् । उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको पनि बताएका छन् ।
मोन्टीसँगको दुई वर्षको सम्झौता सकिएसँगै उनीसँगको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको थियो ।
आफूलाई प्रशिक्षकको जिम्मेवारी दिएकामा क्यानलाई पनि उनले धन्यवाद दिएका छन् भने जुनसुकै अवस्थामा पनि नेपालको समर्थन गर्न नछाड्ने समर्थकहरूलाई यो विश्वास कायमै राख्न अनुरोध पनि गरेका छन् ।