• २०८३ असार १०
  • 2026 June 24, Wednesday

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल

काठमाडौं । शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल भएको छ ।

आइतबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको हो ।
छलफलमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरु यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुनसक्ने छन् भन्ने अवधारणाकासाथ विधेयक ल्याएको जानकारी गराइन् ।

उनले भनिन्,‘सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरु यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुन सक्नेछन् भन्ने अवधारणा चाँही छन् । अहिलेसम्म भएका प्रष्ठिानहरु र स्वास्थ्य विधासँग सम्बन्धित विधाहरु यसैसम्बन्धित हुन्छन् भन्ने अवधारणाकासाथ आएको हो ।’त्यस्तै सभापति अम्मर बहादुर थापाले कानुन दोहोर भाषा नलाग्नेगरी बनाउन सुझाव दिए ।उनले भने,‘कानुन प्रष्ट लेखिनुपर्छ । दोहोरो तेहरो भाषा लाग्ने गरेर कानुन बनाउनुहुँदैन् । कार्यविधि बनाउने कुरा अलग हो । निर्देशिका बनाउने कुरा पनि यसले रोक्दैन तर कानुनले सही मार्ग देखाउनुपर्छ ।’