आज राजा क्लब र आरपीसी क्लबबीच खेल हुँदै

काठमाडौ । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज राजा क्लब इटहरी र भुटानको आरपीसी क्लबबीच खेल हुँदैछ ।

धरान रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेताले सेमीफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

बुढासुब्बा गोल्डकपको विजेताले १० लाख तथा उपविजेतालाई ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१