• २०८३ जेठ २२
  • 2026 June 05, Friday

हिमालयन ‘ए’ ले जित्यो केसीए क्रिकेटको उपाधि

काठमाडौँ । ग्रेड हिमालयन क्रिकेट एकेडेमीले केसीए यू–१४ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार भएको फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै उपाधि जितेको हो ।

हिमालयनले दिएको ९७ रनको लक्ष्य पछ्याएको ओएसिसले १७.५ ओभरमका सबै विकेट गुमाएर ३६ रन मात्रै बनाउन सक्यो। उसका लागि गञ्चाङ मिश्र र आरोन जङ्ग गिरिले समान ११ रन बनाए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनका लागि तपेन्द्र विष्टले २६ रन बनाउँदा सुलभ न्यौपानेले १५ रनको योग्दान दिए। उपाधिसँगै हिमालयनले ५० हजारसहित ट्रफी मेडल पायो भने उपविजेता ओएिससले ३० हजार पायो ।

यस्तै, प्रतियोगिताको सर्वाधिक १० विकेट लिएका हिमालयन ए का सौगात धामी वेस्ट बलर घोषित भए भने वेस्ट ब्याटर केबीन दैलिएल र प्लेयर अफ द सिरिज हिमालयन ए जयन्द्र विष्ट घोषित भए। यी तीनै विधाका खेलाडीहरु समान ५ हजार पाए ।यस्तै, फाइनल तथा समापन खेलमा नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथि र उपाध्यक्ष रोशनकुमार सिंहले काठमाडौं क्रिकेट एकेडेमीको उद्घाटन गरेका थिए भने भंगाल नगरपालिकाका मेयर संजिव शाह नेपाली राष्ट्रिय टिमका सदस्य आसिफ शेख लगायतका अतिथिको उपस्थित थियो ।