
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातिहरुको आ– आफ्नो पहिचान भएको बताएका छन् ।
बिहीबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले आदिवासी जनजातिहरुको समग्र विकासको लागि प्राप्त गरेको अधिकारलाई सुरक्षित र संस्थागत राख्दै अगाडि बढाउनुपर्ने बताएका हुन् ।उनले भने, ‘आदिवासी जनजातिहरुको आ– आफ्नो पहिचान छ, स्थान छ ।
जुन अधिकार हामीले प्राप्त गरेका छौं ति अधिकार सित्तैमा आएको होइन । यो अधिकार प्राप्त गर्नको लागि लामो संर्घष गर्नु परेको थियो । तर आदिवासी जनजातिहरुको समग्र विकासको लागि जुन प्राप्त गरेको अधिकारलाई सुरक्षित राख्दै र संस्थागत राख्दै अगाडि बढाउनुपर्ने हामीमा जिम्मेवारी आएको छ ।’साथै, उनले हरेक क्षेत्रमा एउटा उदेश्यका साथ काम गर्नुपर्ने बताए । उनले अहिले हामीले प्राप्त गरेको अधिकारलाई तपाईं हामीले नै सुरक्षित नगरे कस्ले गर्ने भन्दै प्रश्न पनि गरे।