युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानुनको धज्जी उडाएः प्रमुख आयुक्त महेन्द्रराज रंजित

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजितले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानुनको धज्जी उडाएर मनोमानी ढंगले चल्न खोज्दा नेपाल स्काउटमा समस्या आएको बताएका छन् ।

आज लैनचौरमा संचारकर्मीसंग कुरा गर्दै नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजितले नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले प्राली जसरी मनोमानी ढंगबाट संस्था चलाउन खोजेको आरोप समेत लगाएका छन् ।

रंजितका अनुसार नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले ऐन नियमलाई बेवास्ता गर्दै निर्वाचित कमिटीलाई बाईपास गर्न खोजेको र विना जानकारी महिनौं बिदा बसेर संस्थाको कामकारवाही ठप्प पारेको आरोप समेत लगाएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१