• २०८३ साउन १
  • 2026 July 17, Friday

गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परे : रेखा शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रकी संसाद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परेको उल्लेख गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन् ।उनले भनिन्, ‘नेपालको संविधान २०७२ को दफा २९० मा गुठीको मूलभूत मान्यतामा प्रतिकुल असर नपर्नेगरी गुठी जग्गामा भू–अधिकार भइरहेका किसान र गुठीको अधिकारका सम्बन्धमा आवश्यक कानुन बन्न नसक्दा नागरिक समस्यामा परेका छन् ।

माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्न चाहन्छु ।’
उनले स्वर्गद्वारी गुठीका मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराइन् । एक हप्ता भइसक्दा पनि गुठीपीडितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीडित बिरामी पर्न थालेको बताइन् ।