काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
गोल्डेन पिक हाइस्कूलको आयोजनमा स्कूलको प्राङ्गणमा भएको उक्त स्वास्थ्य शिविरमा ५ सय ७३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ६३ जनाको ल्याब परीक्षण, ५२ जनाको अल्ट्रासाउन्ड, ३९ जनाको ईसीजी गरिएको थियो ।
त्यस्तै १४ जनाको दाँत खोलिएको थियो । साथै २३ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।