• २०८३ साउन १
  • 2026 July 17, Friday

राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज (सोमबार) पनि बस्दैछ ।बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

दिउँसो १ः१५बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित “मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।त्यसपछि “मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।