• २०८३ साउन १
  • 2026 July 17, Friday

बालेनलाई सांसद सिंहको चुनौती :हिम्मत भए संसद भवन भत्काएर देखाऊ

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद भवनदेखि शीतलनिवास भत्काएर देखाऊ भन्दै चुनौती दिए ।उनले बालेनलाई च्यालेज गर्दै भने, ‘म बालेनलाई चुनौती दिन चाहन्छु ।

हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । यो नाजीवाद शैली काठमाडौं मेयरको चल्दैन । यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ? मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको ?’