• २०८३ साउन १
  • 2026 July 17, Friday

जनता जागिसके, तत्काल राजासहितको प्रजातन्त्र घोषणा गरौं : सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन विदेशी चलखेल भएको दाबी गरेको छ

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद धवल शम्सेर जबराले नेपालमा ९४ प्रतिशर ओमकार समूदाय रहँदा रहँदै विदेशीको आडमा धर्मनिरपेक्ष राज्य बनाइएको आरोप लगाएका हुन् ।उनले भने, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई चित्त बुझेको छैन ।

पुन यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात राजासहितको प्रजातन्त्रमा परिणत गर्नका लागि सभामा आग्रह गर्न चाहन्छौं । जनता जागिसकेका छन् । यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैन् । भोलि आन्दोलन हुन्छ ।’साथै उनले नेपाली जनता जागेको दिन यो संसद्लाई अफ्ठ्यारो पर्ने हुँदा बेलामै निर्णय सच्याउन माग गरेका छन् ।नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन समेत माग गरे ।