• २०८३ साउन १
  • 2026 July 17, Friday

अस्पतालबाट अर्थमन्त्री डिस्चार्ज हुँदै

काठमाडौं । कीर्तिपर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ ।

सोमबार अस्पतालले विज्ञप्ती जारी गर्दै दुबै जनाको जलनको घाउ निको भएको र फोक्सोमा कुनै खराब असर परेको जानकारी गराएको हो ।अस्पतालले आजै अर्थमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तर मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराएको छ ।साथै, मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ ।