• २०८३ असार १०
  • 2026 June 24, Wednesday

फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह

काठमाडौ । राप्रपा केन्द्रीय शिक्षा विभागले ‘शिक्षा र राप्रपा’ विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ ।

मंगलबार पार्टीका नेता, कार्यकर्ता, तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा विभाग प्रमुख डा. राजेश गिरि र डा. बसन्त अधिकारीले प्रशिक्षण दिएका थिए ।
प्रतिनिधिसभा सांसद दीपक बहादुर सिंह प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए भने सभाध्यक्षका रूपमा शिक्षा विभाग प्रमुख डा. राजेश गिरिले कार्यक्रमको नेतृत्व गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिंहले राप्रपाको सांगठनिक सुदृढीकरण र अनुशासित तथा सक्षम नेतृत्व निर्माणलाई प्राथमिकता दिने बताए । उनले युवाहरूलाई फोहोरी राजनीति परित्याग गरी स्वच्छ राजनीतिक संस्कारलाई अँगाल्न आह्वान गर्दै राप्रपा खुला मञ्च भएको सन्देश दिए ।राप्रपा मकवानपुर क्षेत्रिय अध्यक्ष उमेश थापाले कार्यक्रमबारे जानकारी दिँदै यसले राप्रपाको शैक्षिक दृष्टिकोणलाई स्पष्ट दिशा दिने विश्वास व्यक्त गरे ।थापाले पार्टिले देशभरका कार्यकर्ताहरुबाट सुझाब संकलन गरिरहेको जानकारी दिए । कार्यक्रममा सहभागीहरूले उत्साहजनक रूपमा सहभागिता जनाउँदै सकारात्मक वातावरणमा समापन भएको उनले बताए ।