• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रिंकु सदालाई ‘न्याय देउ’ भन्दै जनकपुरमा धर्ना

  • २०८१ फागुन ११, आइतबार १५:३१

काठमाडौ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदालाई न्याय देउ भन्दै जनकपुरधाममा सडक अवरोध गरि धर्ना दिइएको छ ।

आइतबार जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ, धनुषाले बाटो अवरोध गरि धर्ना दिएका छन् ।उनीहरुले दलितमाथी बारम्बार ज्यादती भइरहँदा पनि सरकार मौन बसेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

धर्नामा बसेकाहरुले मधेश प्रदेशका मुख्यमन्त्रीले रिंकु सदाको विषयमा कुनै चासो नदेखाए भन्दै आक्रोस व्यक्त गरेका छन् । अनुगमनको नाममा जिल्ला जिल्ला पुग्ने मुख्यमन्त्री सिंहलाई एउटा तल्लो जातको दलित समुदायको घर पुग्न अप्ठयारो लागेको हो की भनेर उनीहरुले प्रश्न गरेका छन् ।उनीहरुले मानव अधिकार आयोग, महिला अधिकार आयोग र मधेशी आयोगले अहिलेसम्म कुनै चासो नराखेको भन्दै आक्रोस जाहेर गरेका छन् ।

उनीहरुले रिंकु सदालाई बलात्कार गर्ने तीनै जना र यस घटनाको मिलापत्र गर्न बसेका पञ्चलगायत सम्पूर्ण अपराधीलाई कडा भन्दा कडा सजाय नदिए विरोध गरिरह्ने चेतावनी दिएका छन् ।धर्ना पश्चात उनीहरुले जनकपुरधाममा सरकारविरोधी नारा लगाउँदै विभिन्न चोकमा जुलुस निकालेका थिए ।रिंकुकुमारी गएको माघ ३० गते बेलुका ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि उनले गाउँके तीन जना केटाले आफूलाई बलात्कार गरेको जानकारी दिएपछि गाउँमै पञ्चात बसी तीनै जना केटासंग १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णय भएको थियो । सो निर्णय रिंकु र उनको परिवारलाई मन परेको थिएन ।

  • २०८१ फागुन ११, आइतबार १५:३१