• २०८३ असार १०
  • 2026 June 24, Wednesday

विदेशी दातृ निकायबाट कति पैसा आयो, सदलाई जानकारी होस् : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आएको छ भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आएको रकम के के कुरामा खर्च भयो भन्ने कुरामा सरकार मौन बस्न नमिल्ने बताएका हुन् ।उनले भने, ‘सार्वभौम देशको सार्वभौम जनता हौं । कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो, कति देश टुक्राउनेमा लगानी भयो यसको सम्पूर्ण जानकारी राख्ने हक सदनलाई छ ।

दातृ निकायबाट कति सहयोग आएको छ त्यो सरकारले सदनलाई जानकारी गराउनुपर्दछ । ’उनले नेपाल ग्रे–लिष्टमा पर्नुको कारण पनि अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे ।