• २०८३ असार १०
  • 2026 June 24, Wednesday

नेकपा एसले सार्वजनिक गर्यो बैठकका निर्णयहरु

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।

सोमबार पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच फागुन ९–१० गतेको बैठकबाट पारित समसामयिक प्रस्तावहरू सार्वजनिक गरिएको हो ।बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, बिनियमहरु, विभिन्न निर्देशिकाहरु, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्ययोजना रसङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो ।

१७६ जनाले छलफलमा भाग लिएका थिए भने वाँकीले लिखित सुझावहरु पेश गरेका थिए । उक्त बैठकले निम्न निर्णयहरु गरेको छ :

१. वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ,

२ सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोरयाउने आन्दोलनको कार्ययोजनाका रुपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको छ,

३. पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिका र महाधिवेशनको सामान्य समीक्षा सुझावसहित पारित गरेको छ,

४. प्राप्त सुझावहरुलाई समेटी तात्कालिक कार्ययोजना र अन्य दस्तावेजहरु सम्पादन गर्न र केन्द्रीय कमिटी बैठकमा उठेका सङ्गठनलगायत विषयहरुमा निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ,

५ विभिन्न समसामयिक विषयमा पार्टीको धारणाका रुपमा २० बुँदे प्रस्ताव पारित गरेको छ ।

यसको साथै, बैठकबाट पारित समसामयिक प्रस्तावहरु निम्नानुसार छन् :
१.सरकारले संसदलाई छलेर विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई अध्यादेश ल्याउन संविधान, ऐन कानून संसद नियमावली र स्थापित अभ्यासको समेत उल्लङ्घन हो । भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने प्रावधान राखेर ल्याइएको अध्यादेशको अन्तरवस्तुमा पनि सहमत हुन सकिन्न । केन्द्रीय कमिटीको यो बैठक ती अध्यादेशहरूलाई प्रक्रिया र अन्तरवस्तु दुबै हिसाबले विरोध गर्दछ र ती अध्यादेशहरू निर्णयार्थ पेश भएमा हाम्रो पार्टीले विरोधमा मतदान गर्ने कुरा स्पष्ट पार्दछ ।

२.भारतको ओडिसा राज्यको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र भारतमा नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहल गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

३.मुलुकमा भ्रष्टचार मौलाएको छ र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटर व्याजी, अनलाईन ठगिले गर्दा गरीब जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौं जनताले सहकारीमा राखेको बचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारवाही गर्न र सम्बंधित पक्षको पैसा फिर्ता गराउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।

४.मुलुकमा कृषिको संरक्षण र उद्योगको विकास नभएकाले रोजगारीको उपयुक्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थ तन्त्रको विकासमा नकरात्मक प्रभाव परेको छ । समग्र अर्थतन्त्रको पुनर्गठन नगर्दासम्म टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने तथ्यमा जोड दिदै यो बैठक राष्ट्रिय अर्थतन्त्रलाई दिगो रोजगारी मुखी बनाउने दिशामा कदम चाल्न सरकारसँग माग गर्दछ ।

५.ताप्लेजुङको मुकम्लुङमा केवलकार बनाउने विषयलाई लिएर भैरहेको आन्दोलनमाथि सरकारले दमन गरेको छ । जनसरोकारका मुद्दालाई वार्ता तथा सममतिबाट समाधान गर्नुको सट्टा आन्दोलनकारी माथि दमन गर्ने सरकारी नीतिले समाधान दिदैन भन्ने कुरामा जोड दिँदै वार्ता र सम्वादको माध्यमबाट समाधान गर्न यो बैठक नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

६.दूध र उखको बक्यौता लामो समयसम्म पनि किसानहरूलाई उपलब्ध नगराइएकोले किसानहरू आफनो पेशाबाटै पलाएन हुन थालेका समाचारहरू आउन थालेका छन् । यो अवस्था जो कसैका लागि लज्जाको विषय हो । यस्तो विषयमा सरकार बेखवर रहनु दुखद् कुरा हो । सबै किसानको दूध र उखको भुक्तानी तत्कालै गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

७.जाजरकोट लगायत पश्चिम नेपालमा गएको भुकम्पको दुई वर्षसम्म पनि पुनर्निर्माणको काम शुरु नभएको अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै यो बैठक भूकम्प पीडित जनताको आवज सुन्न र यथाशिघ्र पुनर्निर्माणको काम अगाडि बढाउन सरकारसंग जोडदार माग गर्दछ ।

८.यो बैठक गत असोज १०–१२ को भारि वर्षाले देशैभर पत्याएको क्षतिको अविलम्ब पुननिर्माण गरी बीपी राजमार्ग लगायतका यातायात अविलम्ब पुन सुचारु गर्न सरकारसंग जोडदार माग गर्दछ ।

९. संसदमा दवाफार छलफलमा रहेका विद्यालय शिक्षा विधेयक र निजामति सेवा सम्बन्धी विधेयकका बारेमा सम्बन्धित सबै सरोकारवालाहरू र विज्ञहरूसंगसमेत व्यापक छलफल गरी यथाशिघ्र उपयुक्त निश्कर्षमा पुग्न र ऐन निर्माणको प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षहरूलाई यो बैठक आह्वान गर्दछ ।

१०.कंचनपुर जिल्ला लगायत देशका विभिन्न स्थानमा भारतीय पक्षबाट भएका सीमा हस्तक्षेप, अतिक्रमण र सीमाना नदीका धार परिवर्तन गर्ने जस्ता कार्यप्रति गहिरो चासो व्यक्त गर्दै र सख्त विरोध गर्दै यो बैठक यस्ता समस्याको समाधान गर्न सरकारले शिघ्रातिशिघ्र कुटनीतिक पहलकदमी लियोस भन्ने माग गर्दछ ।

११.नेपाली समाजमा अझै पनि जातीय छुवाछुत र भेदभाव विद्यमान रहेको छ । हालै सर्लाही जिल्लाको बरहवाका सत्येन्द्र राम र नेहा रौनियारबीचको अन्तरजातीय विवाहलाई सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको अवस्थामा नेपाल सरकारका गृहमन्त्री र प्रहरी उच्च अधिकारी जातीय भेदभावको पक्षमा उभिएको देखिन् खेदपूर्ण छ । त्यसैगरी अछाम जिल्लाको सरस्वती पुजामा भएको विभेद, बैतडी जिल्लाको सिरुगामा मृत्यु भएको दलितको लाश नउठाएको घटना, रौतहट जिल्लामा राजेश पासवानमाथि छठपर्वको विषयलाई लिएर झुट्टा मुद्धामा फसाउने कार्य र देशभरि घटेका अन्य जातीय छुवाछुत र दुरव्यवहारका घटनाको यो बैठक विरोध गर्दछ ।

१२. गत वर्षदेखि प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले चलाएको नरसंहारले विश्व जनमतलाई विचलित बनाएको छ । यो बैठक विश्व जनमत तथा संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार स्वतन्त्र प्यालेस्टाइनको पक्षमा अभिमत दोहोर त्यहांका जनतामाथि गरिएको बर्बरतापूर्ण आक्रमणको विरुद्ध तथा स्वतन्त्र प्यालेस्टीनी राज्यको पक्षमा संसारभरी उठेको आवाजमा ऐक्यवद्धता जनाउँछ र गत वर्षदेखि बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको यथाशिघ्र रिहाईका लागि माग गर्दछ ।

१३. नेपालीहरूले विदेशमा रहदा राहदानीको म्याद समाप्त भएपछि सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासबाट राहदानी लिने प्रक्रियामा धेरै सकस भोग्न परेको छ । राहदानीको अभावका नाममा नेपालीहरूले, खासगरी कामदार नेपालीहरूले जे जस्तो सास्ती र झन्झट बेहोर्नु परेको छ । यस समस्याको तत्काल समाधान गर्दै सम्बन्धित दूतावासबाट तुरुन्त राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन यो बैठक सरकारसंग जोडदार माग गर्दछ ।

१४. विदेशबाट नेपालमा विप्रेषण (रेमिट्यान्स पठाउदा नेपाली बैंकहरूले चर्को शुल्क लिने हुँदा रेमिट्यान्स अवैध बाटोमा लागेको र नेपालीहरूले कठिन श्रम गरी आम्दानी गरेको रकम उनीहरूले नै प्रयोग गर्न नपाई बैंकहरूलाई मात्र फाइदा पुगेको हुँदा यो बैठक रेमिट्यान्सको शुल्क घटाउने व्यवस्था गर्न र वैधानिक माध्यमबाट नेपालमा पैसा पठाउनेहरूलाई प्रोत्साहन गर्ने सुविधाहरू प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछ ।

१५. नेपाली जनताले आफुमा निहित सार्वभौमसत्ता तथा स्वशासनको अभ्यास गर्ने सन्दर्भमा दशकौँ लामी सङ्घर्ष र ठूलो बलिदानबाट स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै समाजवादी भविष्य निर्माणमा योगदान गर्नु हामी सबै नेपालीको आजको अभिभारा हो। यस राष्ट्रिय समुन्नत अभिभाराको प्रतिकुल हुने कुनै पनि अभिव्यक्ति तथा प्रयत्न नेपाली जनतालाई सत्य छैन । यो बैठक कुनै पनि प्रतिगामी तथा पुनरुत्थानवादी षडयन्त्रलाई असफल पार्न नेपाली जनता सक्षम छन् भन्ने तथ्यलाई दोहोयाउन चाहान्छ ।

१६. यसैविच हाम्रो पार्टीका पोलिटव्यूरो सदस्य के विदर सापकोटा, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कमरेडहरू रामजी शर्मा र तेजा चौधरीको दुःखद निधन भएको छ । यो बैठक कमरेड विदुर सापकोटा, रामजी शर्मा र तेजा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।