• २०८३ असार १०
  • 2026 June 24, Wednesday

काठमाडौँ महानगरपालिकाद्धारा ७३ जना बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ ।

जसमध्ये ३८ जना बाल संरक्षण गृहमा हुनुहुन्छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगरले जनाएको छ ।उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ ।

जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुव्र्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ । पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको हो ।