• २०८३ साउन १
  • 2026 July 17, Friday

फागुन २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ । सोमवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यही फाल्गुन १६ र १७ गते आयोजना गर्ने भनिए पनि विशेष कारणवश उक्त मितिमा हुन नसकेको भन्दै अर्काे मिति तोकिएको हो ।

उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनितिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने एवं श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह/अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने प्रमुख उद्देश्य सहित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ आयोजना गर्न लागेको हो ।राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन– २०८१ आयोजना मूल समितिले यही फाल्गुन १८ गतेको बैठकबाट २०८१ फाल्गुन २६ र २७ गते काठमाडौँमा आयोजना गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।