• २०८३ असार १०
  • 2026 June 24, Wednesday

पानीजहाज विधेयक चाँडो पारित गरेर ऐन बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भयोभने पानी जहाज चलाउन पाउने र आफ्नो झण्डा राख्न पाउने अधिकार प्रयोग गर्न सकिने बताएका छन् ।

राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सम्बन्धी छलफलमा उनले भूपरिवेस्टिक मुलुकले पानी जहाज चलाउन पाउने, आफ्नो झण्डा राख्न पाउने, बन्दरगहा प्रयोग गर्न पाउने र विदेश भ्रमण गर्न पाउने सुविधाहरुलाई ऐन आएर कार्यान्वयन गर्नसके प्रभावकारी हुने बताए ।

उनले भने, ‘हामीले भूपरिवेष्टिक राष्ट्र र मुलुकले पानी जहाज चलाउन पाउने, आफ्नो झण्डा राख्न पाउने, बन्दरगहा प्रयोग गर्न पाउने र विदेश भ्रमण गर्न पाउने जुन सुविधाहरु थियो त्यो सुविधालाई ऐन आएर कार्यान्वयन गर्न सक्यौ भने प्रभावकारी हुनसक्ने सम्भावना छ । ऐन आउनु भनेको एक कदम अगाडि बढ्नु हो ।

यसले सोचे अनुसारको परिणाम दिन सक्यो भने प्रशस्त संभावनाहरु पहिल्याउन सकिन्छ ।’ यसका साथै, उनले नीतिमा धेरै नै लामो परिमार्जनको आवश्यकता रहेको भन्दै यसमा निकै नै गृहकार्य गर्नुपर्ने बताए ।उनले भने, ‘यो नीतिले धेरै नै लामो परिमार्जनको आवश्यकता मागेको छ, सदस्यहरुले यसमा निकै नै गृहकार्य गर्नुपर्ने छ । नेपालको पानी जहाज जहाँ गएर बसेपनि ऐन लागू हुने कुरा राखौं । नेपालभित्र प्रवेश गरेको विदेशी जहाजमा पनि यो ऐन अनुसार लागू हुन्छ भनेर राखौं ।’