• २०८३ साउन १
  • 2026 July 17, Friday

महोत्तरीको बलबा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुने

काठमाडौं । महोत्तरीको बलबा नगरपालिकामा मधेस प्रदेशको प्रथम नमुना पोलिटेक्निकल स्थापना हुने भएको छ ।

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको विशेष पहलमा मन्त्रिपरिषद्को निर्णयबाट पास गराइ साउदी सरकारबाट बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट (व्यावसायिक प्रशिक्षण केन्द्र) स्थापना हुने भएको हो ।

उक्त केन्द्र स्थापनाका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न प्राप्त १० लाख अमेरिकी डलर आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा बहुउद्देश्यीय व्यावसायिक प्रशिक्षण केन्द्र स्थापनाको प्रक्रिया प्रारम्भ समेत भएको छ ।