केएमसीमा अत्याधुनिक प्रविधिबाट रौँ हटाउनेदेखि चाउरी पर्नबाट रोक्नेसम्मको उपचार

काठमाडौँ । गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौँ मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरू गरेको छ ।

नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिलकुमार शर्माले अस्पतालमा छाल रोग सम्बन्धी उपचार गर्ने नयाँ प्रविधिको थप गरेसँगै यो सेवाको सुरुआत भएको हो ।

केएमसीमा अहिले छालासँग सम्बन्धी उपचार गर्ने उच्च क्षमताका ५ वटा उपकरण जडान भएका छन् । जसबाट रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार गर्न सकिने केएमसीले जानकारी दिएको छ ।

केएमसीमा हेयर रिडक्सन लेजर मेसिन, पिकोसेकेन्ड लेजर सिस्टम, माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस, सिओ२ लेजर स्मोक इभ्याकुएटर र स्किन एनालाइजर बिट्मोजी जडान भएका हुन् ।

उक्त उपकरणको साहयताबाट दक्ष चिकित्सकको साथ सहित उपचार गर्ने व्यवस्था केएमसीले मिलाएको हो । नेपालको प्रभावकारी अस्पतालका रूपमा परिचित केएमसीले यो सुविधा औसत शुल्कमै उपलब्ध गराउने उद्देश्यका साथ छालाको रोग निवारण गर्ने एआईमा आधारित मेसिन ल्याएको बताइएको छ ।

केएमसीका अनुसार उक्त मेसिनबाट दर्जनौं छालासँग सम्बन्धित समस्याको सहज उपचारको सम्भव रहेको छ । नेपालमा सीमित संख्यामा यस्ता किसिमको उपकरण राखेर उपचार गराएका ता पनि अब भने एकै ठाउँमा सबै किसिमका छालाका समस्याको निवारण गर्ने व्यवस्था केएमसीले मिलाएको हो ।

१६ वर्ष माथिका उमेर समूहका व्यक्तिहरूले यो लाभ केएमसीबाट प्राप्त गर्नसक्ने छन् । केएमसीले छाला सम्बन्धी अन्य रोगको पनि उच्च प्राथमिकता दिँदै उपचार गर्दै आएको जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१