चर्चामा

मधेश प्रदेशमा सय प्रहरी युनिटको भवन छैन : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुबिधायुक्त भवनले प्रहरी कर्मचारीको मनोवल उच्च हुनुका साथै गुणस्तरीय सेवा प्रदानले सेवाग्राहिलाइ सहज हुने बताएका छन ।जिल्ला प्रहरी कार्यालय रौतहटको नव–निर्मित भवनको सोमवार प्रहरी महानिरीक्षक कुँवरले उद्घाटन गर्दै सो कुरा बताएका हुन । विभिन्न महानुभावहरूले भवन निर्माण कार्यमा सहयोग पुयाएको भन्दै उनले प्रशंसा समेत गरे ।

प्रहरी महानिरीक्षक कुँवरका अनुसार देशभर २६६० प्रहरी इकाई कार्यलय रहेकोमा १८६९ को कार्यलय भवन, ३७० घर भाडामा र ४२१ अन्य निकायको कार्यलयबाट प्रहरीले सेवा दिदै आएको उल्लेख गरेका छन । मधेश प्रदेशमा ३९५ प्रहरी इकाई कार्यलय मध्ये २९५ युनिटको आफ्नो भवन र एक सय प्रहरी युनिटको भवन नभएको जानकारी दिए ।रौतहटमा ४६ स्वीकृत प्रहरी युनिटमा ४२ कार्यलय रहेकोमा ३० को जग्गा समेत नभएको उनको भनाइ छ ।

प्रहरी संगठनलाई आवास र भौतिक पुवधारमा अत्मनिर्भर बनाइ प्रहरीको क्षमता अभिवृद्धिमा प्रहरी प्रधान कार्यलयले ध्यान दिएको प्रहरी महानिरीक्षक कुँवरले बताए । नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बद्र्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए ।उनले समाजमा शान्ति र सुरक्षाको सु–ब्यावस्था कायम गर्न र आपराधिक गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरूलाई निरुत्साहित गर्न कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए। उनले जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत ÷सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुदघाट्न गर्नुका साथै कार्यालयको परिसरमा बृक्षारोपण समेत गरेका छन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१