
काठमाडौं । काठमाडौंको हावाको गुणस्तर अस्वस्थकर रहेको छ । मंगलबार वायुको गुणस्तर मापन गर्ने एक्यूआई सूचिमा काठमाडौं विश्वकै प्रदुषणको दोस्रो स्थानमा परेको हो ।
पहिलो स्थानमा भारतको नयाँदिल्ली छ। बिहान ११ बज्दा काठमाडौंको एक्यूआई १७२ रहेको छ । यो जनस्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। १५१ देखि २०० एक्यूआई ‘अस्वस्थकर’ हुन्छ। नयाँदिल्लीको एक्युआई १९२ छ।
ललितपुरको जावालाखेलको वायुको गुणस्तर अत्यन्तै अस्वस्थकर रहेको छ । त्यहाँ वायुको गुणस्तर २८७ एक्यूआई पुगेको छ । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ। जावलाखेल आसपासका क्षेत्रमा वायु एकदमै अस्वस्थकर छ ।