• २०८३ असार ३२
  • 2026 July 16, Thursday

राप्रपा युवा संगठनको हेटौंडा अध्यक्षमा देवकोटा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौंडा नगरको अध्यक्षमा प्रकाश प्रसाद देवकोटा चयन भएका छन् ।

संगठनको शुक्रबार मकवानपुरको हेटौंडामा सम्पन्न नगर अधिवेशनले देवकोटाको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

समितिको उपाध्यक्ष डेविट श्रेष्ठ, सचिव दिक्षान्त खड्का चयन भएका छन् भने कोषाध्यक्ष पछि निर्वाचित गरिने भएका छन् ।त्यसैगरी सदस्यहरुमा बिनय थापा, कृष्ण केसी, दिपेश राना मगर, रमेश लामा, किशोर श्रेष्ठ, जित सिं भण्डारी चयन भएका छन्।