सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ : सांसद भण्डारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाएकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक आडमा कानुनी विभेद बढेको भन्दै उनले जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको बताइन् ।उनले भनिन्,‘देशमा भ्रष्टाचारले जडा गाडेको गाडेई छ । राजनीतिक आडमा कानुनी विभेद बढेको छ । न्याय खोज्नेले अन्याय खेप्न परेको छ । जनता महङ्गी बेरोजगारीको मारमा छन् । सरकार कहाँ छ त ?

जनताको पीडा सुन्नको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ ।’त्यस्तै उनले सरकार नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको र देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको पनि बताइन् ।राजावादीको आन्दोलनमा जनता राजा फर्काउन नभई सरकारकै अर्कमण्यता र भ्रष्टाचारले निराशा र दिक्क भएर निस्किएको पनि उनको भनाइ छ ।उनले भनिन्,‘नयाँ नेतृत्वलाई होच्याउने र सिध्याउने खेलमा जुटेको छ । देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ । सडकमा जनता राजा फर्काउन होइन । सरकारकै अर्कमण्यता, भ्रष्टाचारले निराशा र दिक्क भएर सडकमा निस्किएका हुन ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१