
काठमाडौं । पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपेश्वरी ऐर (भुपी) भएको नेविसंघले स्पष्ट पारेको छ ।
निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो ।
पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भुपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भुपी ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका छन् ।