गुठी ऐनलाई धेरै चलाउँदैनौं, केही बुदा मात्र संशोधन हुन्छ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी ऐनको धेरै बुदा नचलाईकन दुई चारवटा बुदा मात्र संशोधन गरेर लानुपर्ने बताएका छन् ।

मंगलवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले गुठि ऐन संशोधनको ड्राफ्ट तयार भइसकेको र विज्ञहरुसँग छलफल अगाडि बढाउन बाँकी रहेको जानकारी दिएका हुन् ।उनले भने, ‘अव गुठी ऐनलाई धेरै बुदा नचलाईकन दुईचार वटा बुदा मात्र संशोधन गरेर लानुपर्छ भन्ने पक्षमा हामी छौ । ड्राफ्ट तयार भइसकेको र विज्ञहरुसंग छलफल अगाडि बढाउन बाँकी छ । यसलाई कति छिटो लान सकिन्छ भन्ने कुरा सरकारले अगाडि बढाएपछि धेरै प्रक्रियाहरु हुन्छन् ।’

उनले विधेयक बनाउने, कानून बनाउने, पास गर्ने काम सरकारको भएको भन्दै गुठीले सुझाव मात्र दिने बताए ।‘गुठीले आफ्नो सुझाव दिने हो विधेयक बनाउने होइन । विधेयक बनाउने, कानून बनाउने, पास गर्ने सरकारले नै हो । हामी समिति हौं । गुठीले काम गर्न जनशक्तिको अभाव हुन सक्छ, हामीले चाहेका कुराहरु नभएको हुनसक्छ,’ उनले भने ।उनले अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोज्दा समस्या हल हुन नसकेको पनि बताए ।

उनले भने, ‘अहिले हामीले स्वर्गद्धारी गुठीको मात्र समस्या हल गर्ने भनेर पेश गर्यौं । त्यो पनि सम्भव भएन । अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोजेको त्यो पनि समस्या हल हुन सकेन् ।’आजको समितिमा नेपालको बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहिन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्य प्रगतिलगायतका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गरिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१