संसदमा सुनिल शर्माको सार्वजानिक महत्वको प्रस्ताव दर्ता: सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गरौँ

काठमाडौं । स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित प्रतिनिधिसभामा कांग्रेस सांसद डा. सुनिल शर्माले सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता गराएका छन् ।

शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव’ शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् ।

नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गर्नु यो प्रस्तावको उद्देश्य रहेको बताइएकाे छ । यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने उनको भनाइ छ ।

यो प्रस्ताव पारित गरेर सबै नेपालीमा स्वास्थ्य सेवामा पहुँच बृद्धि गरी सेवा नपुगेकालाई प्रभावकारी ढंगले समेट्नुपर्ने, उपचार खर्चमा कटौती हुने, स्वस्थ जनसंख्या निर्माण हुने अपेक्षा सांसद शर्माको छ । यो प्रस्तावमाथि संसद्मा छलफल चलाउन पनि सांसद शर्माले आग्रह गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१