• २०८३ असार १७
  • 2026 July 01, Wednesday

रामहरि खतिवडाले लिए संसदीय सुनुवाइ समिति सभापतिको शपथ

राज्य व्यवस्था समितिबाट राजीनामा, संसदीय सुनुवाइ समितिका सभापति बने

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले शपथ लिएका छन्।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन्।

शपथमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत सहभागी थिए।

कुलिङ पिरियड छेडखानीमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समिति सभापति बनेका हुन्।