जसपा नेपालनिकट खस संघले आगामी कार्ययोजना तय गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी खस संघ, नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

बालकुमारीमा दिउँसो १ बजे बोलाइएको बैठकमा संगठन विस्तार र आगामी कार्ययोजनाबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य एवं संघका वरिष्ठ उपाध्यक्ष सन्तोष सिलवालले जानकारी दिएका छन् ।

जसपा नेपालले खस, आर्यलाई समेटेर समाजवादी खस संघ केन्द्रीय समिति गठन गरेको छ । संगठनको आगामी कार्ययोजना बैठकमा पार्टीका नेताहरु प्रकाश अधिकारी, दीपक कार्की, लिला सिटौला, पूर्ण बस्नेतलगायतका नेताहरुको विशेष उपस्थित रहने बताइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१