• २०८३ असार ३२
  • 2026 July 16, Thursday

मन्त्री सिंह र चौधरीले गरे टियू क्रिकेट मैदान क्षेत्रको अवलोकन

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका छन् ।

बिहीबार मन्त्री सिंह र चौधरीसहित मन्त्रालयको टोलीले विहीबार विहाज कीर्तिपुर क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका हुन् ।उक्त अनुगमन गर्दै मन्त्री सिंहले तीब्र गतिमा काम अगाडि बढिरहेको बताए । उनले नेपाली खेलाडीहरुले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसकेका कारणले यस्ता स्टडियमहरु ठाउँ ठाउँमा बनाउनुपर्नेमा जोड दिइरहेको बताए । उनले भने, ‘बैशाख २४ गतेसम्म काम सक्ने मिति हो । तीब्र रुपमा काम चाँही अगाडि बढिरहेको छ । हाम्रो चाहना चाहीं बैशाख २४ गते नै यो कन्ट्रयाक सम्पन्न भयो भने अहिले क्रिकेले राम्रो गति लिइरहेको छ ।

नेपाली खेलाडिहरुले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसेको कारणले गर्दा यस्ता स्टडियमहरु ठाउँ ठाउँमा निर्माण गरेर अघि बढ्नुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौं।’यसैगरी खेलकुदमन्त्री चौधरीले काम सम्पन्न गर्नको लागि तीन सिफ्टमा गर्नुपर्ने बताए । उनले मुलपानी क्रिकेट मैदानको विकासको लागि पनि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए ।उनले भने, ‘अहिले हामी तीन सिफ्टमा काम गरिरहेका छौं । यसरी तीन सिफ्टमा काम गर्न सकेनौं भने हामीले बैशाख २४ निर्धारित समयमा क्रिकेट ग्राउण्डको काम गर्न सक्दैनौं । ’