• २०८३ साउन १
  • 2026 July 17, Friday

कवाड व्यवसायीहरुले काठमाडौं महानगर घेर्ने

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथिको ज्यादती तत्काल नरोकिए थप संघर्षका कदमहरु अगाडि बढाउने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले महानगरले गरिरहेको ज्यादती तत्काल रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गर्दै नरोकिए थप संघर्षका कदमहरु अगाडि बढाउने चेतावनी दिएका हुन् । महानगरले कवाड व्यवासायीहरुको व्यवसायस्थलमा डोजर चलाएर आतङ्क मच्चाएको, तोडफोड गरेको, साइकल र समान जफत गरेको उनीहरुको आरोप छ ।

उनीहरुले आफूहरुको जिउ, धनको रक्षाका लागि सरोकारवालाहरुको पनि ध्यानाकार्षण गराएका छन् ।कवाड व्यवसायी समाजले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा भोलि विहान ११ बजे महानगर घेर्ने पनि बताएका छन् ।पत्रकार सम्मेलनमा संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डेलगायतको सहभागिता रहेको थियो ।