केएमसीको स्वास्थ्य टोली पनौतीमा, साढे सात सय बिरामीको निःशुल्क परीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पनौतीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारीको प्राङ्गण नमोबुद्धरोडमा भएको स्वास्थ्य शिविरमा ७ सय ५७ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ७८ जनाको भिडियो रेक्सरे, ९५ जनाको ल्याब परीक्षण, ५६ जनाको ईसीजी गरिएको थियो ।

२६ जनाको दाँत निकालिएको थियो भने ३६ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१