• २०८३ असार ३२
  • 2026 July 16, Thursday

ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन् : ‘दर्शकको मायाले तान्यो’

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् ।ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि नेपाल शुक्रबार आइपुगेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले दर्शकहरुको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन् ।उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु । दर्शकहरुको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्ने छु ।

मैंले समाचारतिर पनि हेरिरहेको थिए । दर्शकहरुको माया भव्य देखेपछि नै आएको हो । सम्पूर्ण टिलाई धन्यवाद दिन्छु उहाँहरुले गर्दा नै फिल्म राम्रो भइरहेको छ ।’साथै उनले दर्शकहरुले आफ्नो फिल्म हेरेर भावुक हुँदै गर्दा आफूलाई एकातिर दुःख लागेपनि अर्कोतिर फिल्म मनपराइ दिनुभयो भनेर लागेर खुसी पनि उत्तिकै लागेको पनि बताइन् ।